फेब्रुअरीमा नेपालमा पर्यटकको चहलपहल: भारत पहिलो स्थानमा

mayukarajkumari

काठमाडौं,

नेपाल पर्यटन बोर्ड (एनटीबी)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा कुल १ लाख ५ हजार ४४१ अन्तर्राष्ट्रिय पर्यटक प्रवेश गरेका छन्।

अध्यागमन विभागको तथ्याङ्कमा आधारित बोर्डका विवरण अनुसार फेब्रुअरीमा नेपाल आउने शीर्ष १० देशमध्ये भारत पहिलो स्थानमा छ। भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो।

त्यसैगरी अन्य प्रमुख स्रोत देशहरूमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी रहेका छन्। विवरणअनुसार जर्मनीबाट ५ हजार ६१८, श्रीलंका ६ हजार ३५, बेलायत ४ हजार १२६, अष्ट्रेलिया ३ हजार ६३८, थाइल्याण्ड ३ हजार २१२, बंगलादेश २ हजार ८५०, चीन ९ हजार ७१० र संयुक्त राज्य अमेरिका १० हजार ८१६ पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत आधारमा हेर्दा दक्षिण एशियाका सार्क राष्ट्रबाट सबैभन्दा बढी ३५ हजार ३४८ (३३.५%) पर्यटक नेपाल आएका छन्। अन्य एसियाली मुलुकबाट २९ हजार ८५७ (२८.३%), युरोपबाट १७ हजार ४९३ (१६.६%), ओसेनियाबाट ७ हजार ९५५ (७.५%), मध्यपूर्वबाट १ हजार ६८० (१.६%), अफ्रिकाबाट ९४९ (०.९%) र अमेरिकाबाट ३४४ (०.३%) पर्यटक आगमन भएको छ।

पर्यटन क्षेत्रमा छिमेकी मुलुक भारत र चीनबाट उच्च संख्यामा आगमन रहनुले नेपालका धार्मिक, साहसिक तथा प्राकृतिक गन्तव्यप्रति विदेशी पर्यटकको आकर्षण बढिरहेको संकेत गर्दछ।

प्रतिक्रिया