काठमाडौँ,
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालमा कार्यरत विभिन्न मुलुकका राजदूतहरूले आज सामूहिक भेट गर्ने भएका छन्। उक्त भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो आयोजना हुने जनाइएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा हुने भेटमा प्रधानमन्त्री शाहले राजदूतहरूलाई संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक संवाद गर्ने जानकारी दिनुभएको छ। उहाँले उक्त भेटघाटले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गर्दै “मर्यादित कूटनीति, बलियो नेपाल” भन्ने सन्देश दिनुभएको छ।
08 April 2026