काठमाडौँ,
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर आज नेपाल भ्रमणमा आउनुभएको छ। उहाँको यो भ्रमण अमेरिका–नेपाल सम्बन्ध तथा आपसी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको बताइएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री कपुरले आफ्नो भ्रमणका क्रममा सरकारी अधिकारीहरू, व्यावसायिक क्षेत्रका नेतृत्वकर्ताहरू तथा सांस्कृतिक क्षेत्रका विज्ञहरूसँग भेटघाट गर्नुहुनेछ।
भेटवार्ताका क्रममा दुई देशबीचको सहकार्य, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
20 April 2026