विद्युत् प्राधिकरणका प्रमुख महेन्द्र कुमार दास एक लाख ४० हजार घुससहित पक्राउ

mayukarajkumari

सप्तरी, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीस्थित नेपाल विद्युत् प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र का प्रमुख इन्जिनियर महेन्द्र कुमार दास लाई एक लाख ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार इन्जिनियर दासले चार्जिङ्ग स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन छाडिदिने बहानामा सेवाग्राहीसँग घुस मागिरहेका थिए। उजुरीका आधारमा उनलाई सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट पक्राउ गरिएको हो।

अख्तियारको इटहरी कार्यालयबाट खटिएको विशेष टोलीले सेवाग्राहीबाट लिइसकेको घुस रकमसहित इन्जिनियर दासलाई नियन्त्रणमा लिएको र भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारी ले जानकारी दिनुभयो।

प्रतिक्रिया