काठमाडौँ,
संयुक्त राज्य अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा निर्वाचनमा प्राप्त जीतका लागि बधाई दिएको छ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले मङ्गलबार टेलिफोनमार्फत रास्वपा सभापतिलाई बधाई दिनुभएको हो। यहाँस्थित अमेरिकी दूतावासले जानकारी दिएको अनुसार, वार्ताका क्रममा विशेष दूत गोरले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गर्नुभयो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाले २७५ सिटमध्ये प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी जम्मा १८२ सिट प्राप्त गरेको थियो। यस जितसँगै पार्टीले संसदमा स्पष्ट बहुमत हासिल गरेको छ।