समाजसेवी न्यौपाने दमकमा मृत फेला

mayukarajkumari

दमक (झापा),

दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत अवस्थामा फेला परेका छन्। करिब पचास वर्षीय न्यौपानेको शव आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा भेटिएको हो।

प्रहरीका अनुसार, हिजो खेती हेर्न कुन्जीबारी गएका न्यौपाने आज मृत अवस्थामा देखिएपछि स्थानीयले घटनास्थलबाट प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर परिवारलाई परीक्षणका लागि जिम्मा दिएको छ।

दमकमा लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्थ्यो। कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष समेत रहनुभएका न्यौपाने दमकमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो।

स्व. न्यौपाने आफ्नी श्रीमती र दुई छोरासहित दमक–६, देवकोटा चौकमा बस्दै आउनुभएको थियो।

प्रतिक्रिया