ओली र लेखकमाथि अनुसन्धानका लागि १० दिन म्याद माग

mayukarajkumari

काठमाडौँ,

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतसँग माग गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेका अनुसार, दुवै जनालाई म्याद थपका लागि अदालतमा पेस गरिएको हो।

म्याद थपसम्बन्धी निवेदनमाथि जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ। यसक्रममा, ओलीलाई स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालबाट भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा उपस्थित गराइएको छ।

अदालतमा पेस गरिएको निवेदनमाथि आजै सुनुवाइ सम्पन्न हुने र दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्नेबारे इजलासले निर्णय दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया