काठमाडौँ,
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत रूपमा चयन भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको नेता युवराज दुलाले जानकारी दिएका छन्।
बैठकमा दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको जनाइएको छ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट १७ जना सांसद निर्वाचित भएका थिए।
29 March 2026