टी–२० विश्वकपमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

mayukarajkumari

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज क्रिकेट टोलीसामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतको वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रन बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रनको योगदान दिए। यस्तै सोमपाल कामीले २६ रन बनाए भने लोकेश बमले १३ रन जोडे। आसिफ शेखगुल्शन झाले समान ११–११ रन बनाए।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेनरोस्टन चेसले समान एक–एक विकेट हात पारे।

प्रतिक्रिया