आर्थिक नियम उल्लङ्घन प्रकरणः छ अंक कटौतीविरुद्ध लेस्टर सिटीको अपिल

mayukarajkumari

इङ्ल्यान्ड,

इङ्ल्यान्डको फुटबल क्लब लेस्टर सिटीले आर्थिक नियम उल्लङ्घन गरेको भन्दै घटाइएको छ अंकविरुद्ध अपिल गरेको छ । इङ्लिस फुटबल लिगले यसै महिना क्लबलाई छ अंक घटाउने निर्णय गरेको थियो, जसका कारण टोली च्याम्पियनसिप तालिकामा पुछारतिर झरेको छ ।

अंक कटौतीपछि लेस्टर रेलिगेसन क्षेत्र नजिक पुगेको थियो र लगातार दुई हारपछि टोली तल्लो तीन स्थानमा झरेको छ । क्लबमाथि सन् २०२३–२४ सम्मका तीन वर्षको अवधिमा नाफा तथा दिगोपनासम्बन्धी नियम उल्लङ्घन गरेको आरोप प्रिमियर लिगले लगाएको हो ।

प्रिमियर लिगले अपिल प्रक्रियालाई यसै सिजनभित्र टुंग्याउने प्रयास भइरहेको जनाएको छ । यसैबीच क्लबले हालै नयाँ मुख्य प्रशिक्षकका रूपमा ग्यारी रोवेटलाई नियुक्त गरेको छ । लेस्टरले अंक कटौतीको निर्णय “असमानुपातिक” रहेको दाबी गर्दै खेलकुद लक्ष्यमा गम्भीर असर पर्ने जनाएको छ ।

प्रतिक्रिया