वीरगञ्ज नाकाबाट डेढ महिनामा दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

mayukarajkumari

वीरगञ्ज (पर्सा),

वीरगञ्ज भन्सार कार्यालयमार्फत करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन्। पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको संकटका कारण नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिन थालेको छ।

वीरगञ्ज नाका हुँदै फागुन महिनामा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएको भन्सार कार्यालयले जनाएको छ। कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गर्दै आएका टिआरएस हिमायन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएको जानकारी दिनुभयो।

उहाँले बताउनुभयो, “गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए। चैत १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिसकेका छन्।” वीरगञ्ज भन्सारका अनुसार चालु आवको सात महिनामा यस नाकाबाट रु २० अर्ब ८५ करोड मूल्य बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ।

गत आवको समान अवधिमा रु २४ अर्ब ६ छ करोड मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको थियो। यसले चालु आवमा आयातमा केही कमी आएको देखाएको छ।

प्रतिक्रिया