काठमाडौं
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रन बनाएको छ।
स्कटल्याण्डका ओपनर माइकल जोन्सले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ४५ बलमा आठ चौका र तीन छक्काको मद्दतमा ७१ रनको योगदान दिए। त्यस्तै जर्ज मुन्सेले २७ तथा ब्राण्डन म्याकमुलेनले २५ रन जोडे।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे। यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक–एक विकेट लिए।
नेपाल अहिले १७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ।
17 February 2026