राष्ट्रिय आविष्कार केन्द्र : पारिश्रमिकमै प्रति महिना २५ लाख खर्च

mayukarajkumari

काठमाडौँ, 

प्रतिनिधिसभा सदस्य महावीर पुनले नेतृत्व गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रमा मात्र पारिश्रमिकमै प्रति महिना २५ लाख रुपैयाँ खर्च भइरहेको पाइएको छ।

सांसद पुनले सामाजिक सञ्जालमार्फत समर्थकको भनाइ शेयर गर्दै यस्तो जानकारी दिएका हुन्। उनले आफू पुस्तक बेच्न बाध्य भएको कारण पनि यसै खर्च भएको उल्लेख गरेका छन्।

शेयर गरिएको जानकारीअनुसार, राष्ट्रिय आविष्कार केन्द्र, पोखरा आईसिटी इनोभेसन ल्याव र वीरगन्ज कृषि औजार कारखानामा जम्मा ८३ जना युवा कार्यरत छन्। त्यसमा १० देखि १५ जना इन्टर्नसिप गर्दैछन्। दैनिक दालभात र खाजा प्रदान गर्नुपर्ने खर्च मात्र पनि धेरै भएकाले पूर्णकालीन कर्मचारीको पारिश्रमिक प्रति महिना २५ लाख रुपैयाँ पुगेको बताइएको छ।

साथै, अनुसन्धान र नवप्रवर्तनको लागि आवश्यक मशीनरी र कच्चा पदार्थ खरिदमा पनि ठूलो खर्च हुने भएकाले आम जनताबाट प्राप्त दानले पर्याप्त नहुने भएकाले बाध्य भएर पुस्तक बिक्री गर्नुपरेको स्पष्ट पारिएको छ।

प्रतिक्रिया