श्रीमतीमाथि गोली प्रहारपछि पति आत्महत्याको प्रयास

mayukarajkumari

सुदूरपश्चिम,

कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँमा एक पति–पत्नीबीचको विवादमा त्रासदीपूर्ण घटना भएको छ। ३१ वर्षीय रामबहादुर मगरले आफ्नी २७ वर्षीया श्रीमती सञ्जिता मगरमाथि गोली प्रहार गरेपछि आफैंमाथि पनि गोली प्रहार गरेका छन्।

घटना स्थलमा गोली लागेर सञ्जिताको मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका लागि ल्याइएको छ।

प्रहरीका अनुसार बुधबार अपराह्न गाउँ नजिकैको जंगलमा बाख्रा चराइरहेका बेला रामबहादुर र सञ्जिताबीच विवाद भएको थियो। सो क्रममा रामबहादुरले आफ्नो साथमा रहेको भरुवा बन्दुकबाट गोली चलाएका हुन्। घटना स्थानीयवासीको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताएअनुसार, “घटना भएको समय यकिन भइसकेको छैन। मृतक महिलाका माइती पक्ष उपस्थित भएपछि मात्र शव उठाउने तयारी भइरहेको छ।”

प्रतिक्रिया