नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

mayukarajkumari

काठमाडौँ, 

अखिल
नेपाल फुटबल सङ्घ (एन्फा) ले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। एन्फाका महासचिव किरण राईले आज उहाँलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गर्नुभएको हो।

स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन्। एएफसी प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक एरिनासँग विभिन्न महादेशका क्लब राष्ट्रिय टोली सम्हालेको अनुभव रहेको छ। उनले पछिल्लोपटक लाओसको सिनियर तथा युवा राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हालेका थिए।

उनको नेतृत्वमा नेपाली टोलीले पहिलोपटक चैत १२ गते हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि टोली एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओस जाने कार्यक्रम छ। एरिनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ।

नियुक्तिपछि प्रशिक्षक एरिनाले नेपाली खेलाडीहरूमा राम्रो क्षमता रहेको उल्लेख गर्दै भविष्यमा उत्कृष्ट खेलाडीहरूको संख्या बढाउने लक्ष्यका साथ काम गर्ने बताउनुभएको छ।

प्रतिक्रिया