एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

mayukarajkumari

काठमाडौँ,

गैरआवासीय
नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ। अध्यक्ष पदका अन्य उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्माको नाममा सहमति जुटेको हो।

अध्यक्ष पदका लागि शर्मासँगै रोबिन शेरचन रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए। तर अन्ततः सहमतिको आधारमा नेतृत्व चयन गर्ने सहमति भएपछि अन्य उम्मेदवारहरूले नाम फिर्ता लिएका हुन्।

एनआरएन निर्वाचन समितिले सबै पदहरूको नतिजा एकैपटक सार्वजनिक गर्ने जनाएको छ। समितिका अनुसार आजै कार्यसमितिको पूर्ण विवरण सार्वजनिक गरिनेछ। निर्वाचन प्रक्रियाभन्दा सहमतिको आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ।

यसैबीच, आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिने एनआरएनए सचिवालयले जनाएको छ। समापन समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यता रहने बताइएको छ।

शनिबारदेखि सुरु भएको एनआरएनएको १२औँ अधिवेशन आज सम्पन्न हुँदैछ।

प्रतिक्रिया