सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनमा खाद्य स्वच्छतामा कडाइ

mayukarajkumari

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता कायम गराउन कडाइ सुरु गरेको छ। कामपाले खाद्य व्यवसायीलाई क्षमता विकास तालिमसहित नियमित अनुगमन गर्दै उपभोक्ताको स्वास्थ्य सुनिश्चित गर्न कदम चालिसकेको छ।

कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार, महानगरपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालय अस्पतालका क्यान्टिनमा नियमित अनुगमन गरिरहेको छ। अहिलेसम्म पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल (जानकी किचेन), श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज (नमो फुड कोड), रत्नराज्य स्कुल बानेश्वर, केएमसी अस्पताल सिनामङ्गल (ग्रीन बड्स बेकरी क्याफे), भरोसा अस्पताल वानेश्वर (सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर) लगायतका क्यान्टिनको अनुगमन सम्पन्न भएको छ।

कामपाले बालबालिकाको स्वास्थ्य, पोषण दिवा खाजा कार्यक्रमको गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयका २३ मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता पोषणसम्बन्धी तालिम पनि दिइसकेको छ। तालिममा खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन रोग रोकथाममा स्कुल नर्सको भूमिका समावेश गरिएको थियो।

नेपाल सरकारले आव २०७७/०७८ बाट प्रारम्भिक बाल विकासदेखि कक्षा सम्म तथा आव २०७९/८० देखि कक्षा सम्म दिवा खाजा कार्यक्रम लागू गरेको छ। कामपाले हाल कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ।

अनुगमनका क्रममा कमजोरी देखिएमा सुझाव दिइने अखाद्य वस्तु भेटिएमा सम्बन्धित व्यक्तिको रोहवरमा नष्ट गरिएको छ। अनुगमनमा विद्यालय क्यान्टिनमा सरसफाइमा लापर्वाही, कपडा खाद्यवस्तु सँगै राख्ने, खाद्यवस्तु नछोपी राख्ने, फोहर फाल्ने भाँडोको असमुचित प्रयोग, किचेनको संरचनागत सुधार नहुने जस्ता समस्या भेटिएका छन्।

साथै, क्यान्टिनमा प्रयोग भएको फ्राइड तेलको टिपिएम भ्यालु मापदण्ड विपरीत पाइएको छ। खाद्यवस्तु ढाकेर नराख्ने, किचेनको भुइँ व्यवस्थापन सरसफाइमा ध्यान नदिने, एकै ठाउँमा खाना तयार गर्ने भाडा माझ्ने, आगो सुरक्षा उपकरणको उपयोग नगर्ने लगायतका साझा समस्या पनि देखिएका छन्।

प्रतिक्रिया