पाटनमा छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु, दुई पक्राउ

mayukarajkumari

काठमाडौँ,

बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ आज बिहान मृत्यु भएको ललितपुर जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ का सुमित नेम्बाङसृजन नेम्बाङ रहेका छन्। दाजुभाइ नेम्बाङ दुवैको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनार लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ र आरोपीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कानुनी प्रक्रिया अघि बढाइँदैछ।

प्रतिक्रिया