जेनजी आन्दोलनका घाइतेको चैत २० मा अन्तिम वर्गीकरण हुने

mayukarajkumari

काठमाडौँ, 

जिल्ला प्रशासन कार्यालय काठमाडौँ
ले जेनजी आन्दोलनका घाइते व्यक्तिहरूको वर्गीकरणका लागि अन्तिमपटक उपस्थित हुन आग्रह गरेको छ। यसअघि विभिन्न मितिमा सञ्चालन गरिएको वर्गीकरण प्रक्रियामा छुट भएका घाइतेलाई पुनः अवसर प्रदान गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ।

उक्त दिनहरूमा विभिन्न कारणले उपस्थित हुन नसकी छुट भएका घाइतेहरूको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार गरिने सूचनामा उल्लेख गरिएको छ। सो दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा आफूले उपचार तथा परीक्षण गराएका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

प्रतिक्रिया