काठमाडौँ,
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ। नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले देशलाई एकताबद्ध प्रयासमार्फत समृद्धितर्फ लैजानुपर्नेमा जोड दिनुभयो।
उहाँले नयाँ वर्षले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगति ल्याओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। साथै, विगतका अनुभवबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
पूर्वप्रधानमन्त्री कार्कीले राष्ट्रिय एकता, सुशासन र सामाजिक सद्भावलाई मजबुत बनाउँदै अघि बढ्न सके मात्र देशले दीर्घकालीन विकास र स्थिरता हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
14 April 2026