काठमाडौँ,
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेको छ। यसअन्तर्गत अब नागरिकहरूले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनमार्फतै मतदाता नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्साल का अनुसार, आवेदन दिनेहरूको करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनमै नाम दर्ता गराएका छन्। हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ जना र कार्यालयमा गएर ५५ जना गरी कुल ४६४ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन्।
यसैबीच, दुवै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा सहभागी सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण आयोगमा बुझाएका छन्। तनहुँ क्षेत्र नम्बर १ का १६ र क्षेत्र नम्बर २ का ११ गरी कुल २७ जना उम्मेदवारले खर्च विवरण पेश गरेका हुन्।