काठमाडौँ,
‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज विश्व जल तथा मौसम दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। यस अवसरमा मौसमसम्बन्धी जनचेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व तथा जलवायु जोखिम न्यूनीकरणका उपायबारे व्यापक छलफल गरिने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभाग का मौसमविद् सुजन सुवेदी ले दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रममार्फत् मौसमसम्बन्धी जानकारी विस्तार गर्ने, पूर्वानुमान प्रणालीको प्रभावकारिता बढाउने र जलवायुजन्य जोखिम न्यूनीकरणका उपायबारे सचेतना फैलाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
हरेक वर्ष मार्च २३ मा मनाइने विश्व जल तथा मौसम दिवस का अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पु¥याएको योगदानबारे विश्वभर जनचेतना अभिवृद्धि गर्ने गरिन्छ।