प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भारत र पाकिस्तानका नेताहरूप्रति कृतज्ञता, सहकार्यको प्रतिबद्धता

mayukarajkumari

काठमाडौँ, 

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका राष्ट्रपति आसिफ अलि अल्वी तथा प्रधानमन्त्री शेहबाज शरीफ प्रति कृतज्ञता व्यक्त गर्दै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री मोदी, पाकिस्तानका राष्ट्रपति अल्वी र प्रधानमन्त्री शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका निम्ति सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्नुभएको हो। प्रधानमन्त्रीको कार्यालयले पोष्टमार्फत लेखेको छ, “PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद। हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु।”

त्यसैगरी, प्रधानमन्त्री शाहले पाकिस्तानका राष्ट्रपति अल्वीका लागि पनि कृतज्ञता व्यक्त गर्दै भन्नुभएको छ, “सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दको लागि धन्यवाद। म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावना अनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याउँछु @PresOfPakistan।”

प्रधानमन्त्री शाहले पाकिस्तानका प्रधानमन्त्री शेहेबाज शरिफलाई पनि धन्यवाद दिँदै उल्लेख गर्नुभएको छ कि “Prime Minister @CMShehbaz, तपाईंको हार्दिक बधाइको लागि धन्यवाद। हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु।”

प्रतिक्रिया