काठमाडौँ,
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले दिउँसो ३ः०० बजे संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो।
सो अवसरका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ।
10 April 2026