प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश : राष्ट्रिय एकता र आत्मसमीक्षामा जोड

mayukarajkumari

काठमाडौँ

ज्ञानेन्द्र शाह
ले प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

प्रजातन्त्र दिवसका अवसरमा जारी भिडियो सन्देशमार्फत उहाँले नेपालको वर्तमान चुनौतीका रूपमा गरिबी र राजनीतिक अस्थिरतालाई औँल्याउँदै यी समस्यालाई समाधान गर्नु नै राष्ट्रको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।

उहाँले विगतका आन्दोलन तथा सङ्घर्षबाट प्राप्त परिवर्तनले देश र जनतालाई वास्तविक रूपमा के उपलब्धि गरायो भन्ने विषयमा आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्नुभयो। अधिकारको माग मात्र गर्ने तर कर्तव्यप्रति बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै सबै नागरिकले जिम्मेवारीबोधका साथ गम्भीर रूपमा सोच्नुपर्ने उहाँको भनाइ छ।

पूर्वराजा शाहले नेपाली–नेपालीबीच वैमनस्य बढ्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, सहकार्य र आपसी सद्भाव कायम गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ।

प्रतिक्रिया