सर्लाही,
मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साहलाई अवैध चाँदीका गरगहनासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहको साथबाट कुल ९१५.४६० ग्राम चाँदीका गरगहना बरामद गरिएको छ।
प्रहरीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकमा उनीलाई भारतबाट भन्सार छली गरी अवैध रूपमा चाँदी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्ने क्रममा बरामद गरिएका चाँदीका गरगहनाहरूको स्रोत र भन्सार चोरीको विवरण प्रहरीले अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ। आगामी दिनमा उनलाई मुद्धा दर्ता गरी थप कारबाही हुने अपेक्षा गरिएको छ।
10 March 2026