विश्वभर आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

mayukarajkumari

काठमाडौँ,

आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी सामाजिक न्याय विश्व दिवस मनाइँदै छ । सामाजिक न्याय, समान अवसर, श्रम अधिकार तथा गरिमायुक्त रोजगारीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

यो दिवस अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा मनाइँदै आएको छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घ महासभाले प्रस्ताव पारित गरेपछि सन् २००९ देखि प्रत्येक वर्ष फेब्रुअरी २० मा सामाजिक न्याय विश्व दिवस मनाउने निर्णय गरिएको हो ।

विश्वभर सामाजिक न्यायको सुनिश्चितता, समान अवसरको विस्तार, श्रमिक अधिकारको संरक्षण तथा गरिमायुक्त कामको प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय समुदायलाई एकजुट गराउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया