नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्षमा डा शङ्कर गौतम निर्वाचित

mayukarajkumari

काठमाडौँ,

नेपाल आयुर्वेद चिकित्सक सङ्घ
को अध्यक्ष पदमा डा शङ्कर गौतम निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी डा सुवर्ण पौडेललाई पराजित गर्दै नेतृत्वमा पुग्नुभएको हो।

सङ्घको चैत २० र २१ गते सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा डा रमेश पौडेल, महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठ, महासचिवमा डा ऋषिकेशव भुसाल, सचिवमा डा दीपककुमार मण्डल र कोषाध्यक्षमा डा सिजन कोजु निर्वाचित हुनुभएको जानकारी निवर्तमान अध्यक्ष डा श्यामबाबु यादवले दिनुभयो।

यसैगरी प्रादेशिक उपाध्यक्षहरूमा कोशी प्रदेशबाट डा विजयकुमार सिंह, मधेस प्रदेशबाट डा शिवनारायण गुप्ता, बागमती प्रदेशबाट डा देवेन्द्रकुमार यादव, गण्डकी प्रदेशबाट डा नगेन्द्र लामिछाने, लुम्बिनी प्रदेशबाट डा कैलाश न्यौपाने, कर्णाली प्रदेशबाट डा सुदर्शन पोखरेल र सुदूरपश्चिम प्रदेशबाट डा हिमाल भट्ट निर्वाचित हुनुभएको सङ्घले जनाएको छ।

प्रतिक्रिया