काठमाडौँ,
प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापा का अनुसार दुवैलाई हाजिर जमानीमा थुनामुक्त गरिएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयअनुसार अध्यक्ष ओलीलाई भक्तपुरस्थित निवास गुण्डु र नेता लेखकलाई कटुञ्जेस्थित निवासबाट यही चैत १४ गते नियन्त्रणमा लिइएको थियो। अध्यक्ष ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा राखिएका थिए।
यसबीच जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप भइसकेको थियो। दुवैका श्रीमतीहरूले राधिका शाक्य र यशोदा लेखक ले बन्दी प्रत्यक्षीकरणको रिट अदालतमा दायर गरेका थिए। सर्वोच्च अदालतले उक्त रिटमा अनुसन्धान पूरा गरी मुद्दा दर्ता गर्न वा रिहा गर्न आदेश दिएको थियो।