काठमाडौं
नेकपा (एमले) का महासचिव तथा पूर्वमन्त्री सङ्कर पोखरेल ले बीबीसीको डकुमेन्ट्रीलाई भूराजनीतिक चलखेलको प्रत्यक्ष प्रमाण भएको बताएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान स्पष्ट पारेका छन्। उनले निर्वाचनको संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग वा नियोजित हस्तक्षेप दुवै हुन सक्ने भन्दै प्रश्न उठाएका छन्।
उनले भने, “चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।” पोखरेलले नेपालको लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्ने र देशको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको पनि बताए।
27 February 2026